News & Insights

Stay updated with the latest stories, welfare reports, and event highlights from our community.

Latest Articles

Showing 4 results
हार्दिक निमन्त्रणा
News
September 15, 2026•Admin

हार्दिक निमन्त्रणा

सुन्दर सुदूरपश्चिम कल्याण समाज, डेनमार्क तपाईंहरू सम्पूर्णलाई यस कार्यक्रममा हार्दिक आमन्त्रण गर्दछ। आउनुहोस्, कार्यक्रममा सहभागी भई क्रिकेटको रोमाञ्चक खेलसँगै भेटघाट र मनोरञ्जनको आनन्द लिऔँ। चुले निम्तो! सबैजना आउनुहोला ı

डेनमार्कमा सातौँ सुपर सिक्स क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम विजयी
News
August 9, 2026•Admin

डेनमार्कमा सातौँ सुपर सिक्स क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम विजयी

हिमालयन स्पोर्ट्स क्लब डेनमार्कद्वारा जुलाई १८ र १९ गते आयोजित सातौँ सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको टिम ब्लु ले जितेको छ। फाइनल खेलमा सुशील देवकोटाले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ६ रन खर्चेर १ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि सुन्दर सुदूरपश्चिमका तीव्र गतिका बलर विनोद खैरले जिते भने उत्कृष्ट ब्याट्सम्यानको उपाधि पोर्चुगल समाज, डेनमार्कका विशाल पौडेलले हात पारे। त्यसैगरी, प्रतियोगिताको म्यान अफ द सिरिज टिम नाईन्टीसेभेनका कप्तान कुश खड्का घोषित भए। विजेता टिमका कप्तान जेम्स कार्कीलाई हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष दीपेन्द्र बिष्टले ट्रफी प्रदान गरेका थिए। प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम क्लबका क्रिकेट संयोजक कृष्ण चन्दले सञ्चालन गरेका थिए।

डच डिजिजको भुमरीमा नेपाल: रेमिट्यान्स वरदान कि चुनौती ?
Finance
January 31, 2026•Krishna Dhanusk

डच डिजिजको भुमरीमा नेपाल: रेमिट्यान्स वरदान कि चुनौती ?

डच डिजिज शब्द सन् १९७७ मा द इकनॉमिस्ट पत्रिकाले नेदरल्यान्ड्सको अनुभवलाई व्याख्या गर्न प्रयोग गरेको थियो। सन् १९८२ मा डब्ल्यू. मेक्स कोर्डेन र जे. पीटर निअरी नामक दुई अर्थशास्त्रीहरूले डच डिजिजलाई आर्थिक मोडेलको रूपमा प्रस्तुत गरे। आर्थिक मोडेलअनुसार प्राकृतिक स्रोतको बूमले छोटो समयका लागि लाभ त दिन सक्छ तर दीर्घकालीन अर्थतन्त्रमा अन्य उद्योगलाई कमजोर पारेर नकारात्मक असर पार्न सक्छ।

सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको अधिबेशन सम्पन्न, अध्यक्षमा कठायत सर्वसम्मत
News
January 20, 2026•Admin

सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको अधिबेशन सम्पन्न, अध्यक्षमा कठायत सर्वसम्मत

सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको पाँचौँ अधिबेशन राजधानी कोपनहेगनमा भव्य रुपमा रुपमा सम्पन्न भएको छ ।