News| 2 min read

सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको अधिबेशन सम्पन्न, अध्यक्षमा कठायत सर्वसम्मत

Admin
January 20, 2026
सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको अधिबेशन सम्पन्न, अध्यक्षमा कठायत सर्वसम्मत

सुन्दर सुदूरपश्चिम कल्याण समाज डेनमार्कको पाँचौँ अधिबेशन राजधानी कोपनहेगनमा भव्य रुपमा रुपमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि डेनमार्क प्राविधिक विश्वविद्यालयका सह–प्राध्यापक रवि कुमार क्षेत्रीले प्रवासमा आफ्नो भाषा, साहित्य, कला, संस्कृति र परम्परा जगेर्नाका लागि सुदूर पश्चिम कल्याण समाजले गरिरहेको प्रयासको मुक्तकण्ठले प्रशंसा गरे ।

विशिष्ट अतिथि एनआरएनए डेनमार्कका अध्यक्ष नील थापा, अतिथि पोर्चुगल समाज डेनमार्कका उपाध्यक्ष कृष्ण गिरी र एनआरएनए डेनमार्कका उपाध्यक्ष सन्तोष बस्नेतले अधिबेशनको सफलताको शुभकामना व्यक्त गरे ।

अधिबेशनको उद्घाटन सत्रमा समाजका संस्थापक पदाधिकारी तथा पूर्वअध्यक्षहरू तारणी प्रसाद जोशी, खेमराज जोशी, महेश खत्री, दिपेन्द्र बिष्ट, चन्द्र कुँवर र विक्रम बिष्टलाई खादा ओढाएर सम्मान गरिएको थियो।

त्यस्तै सुदूरपश्चिम समाजमार्फत डेनमार्कस्थित नेपाली समुदायमा खेलकुद, सामाजिक सेवा क्षेत्रमा योगदान पुर्‍याए वाफत दीपक कुमार तिवारी, कृष्ण चन्द, जगदीश सिंह कार्की, मनोज खड्का तथा कृष्ण पनेरुलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो।

अधिवेशनले २०२५–२०२७ का लागि सर्वसम्मत रुपमा निरञ्जन कठायतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा रुपा चन्द र चन्द्र कुँवर, महासचिवमा कृष्ण पनेरु र कोषाध्यक्षमा जगदिश सिंह कार्की चयन भएका छन् ।

त्यसैगरी सदस्यमा डम्बर सिंह महरा, पंकज जोशी, दिपेन्द्र लक्ष्मी बहादुर चन्द ठकुरी, मनोज खड्का, शुभम जोशी, दिपेन्द्र भट्ट र सुदिप सिंह चयन भएका छन्।

समाजका अध्यक्ष कृष्ण धानुकको अध्यक्षतामा सम्पन्न अधिबेशनको सञ्चालन महासचिव निरञ्जन कठायत तथा रुपा चन्दले संयुक्त रुपमा गरेकी थिईन ।

अध्यक्ष धानुकले सुन्दर सुदूर पश्चिम कल्याण समाजको अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।


Source: https://www.theeverestpost.com/2025/12/01/523779

Related Topics

newstest

Enjoyed this update?

Join our newsletter to get the latest community news, cultural stories, and event invites delivered to your inbox.