Upcoming EventApril 11, 2026
NRNA presents Nepali New Year 2083
Saturday • 4:00 PM
Bellmansgade 3c, 2100 København Ø, Danmark
About the Event
आदरणीय डेनमार्क वासी नेपाली आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाईहरु नमस्कार🙏
मिति अप्रिल ११, २०२६ शनिबारका दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको आयोजनामा नेपाली नयाँ बर्ष २०८३ लाई लक्षित गरि " नेपाली नयाँ वर्ष शुभकामना साँझ" सांस्कृतिक कार्यक्रम सम्पन्न हुने जानकारी गराउन चाहन्छौं।
विदेशमा बसेर पनि नेपाली भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
यस विशेष कार्यक्रममा स्थानीय रूपमा सक्रिय व्यावसायिक गायक–गायिका र कलाकारहरू द्वारा आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिनेछन्।
लोकगीत, आधुनिक गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ मनोरञ्जनात्मक र स्मरणीय बनाउनेछन्। साथै, बालबालिका र युवाहरूका विशेष प्रस्तुतीहरूले नेपाली संस्कृतिको विविधता झल्काउने अपेक्षा गरिएको छ।
एनआरएनए डेनमार्कले विदेशमा रहेका नेपालीहरूलाई एउटै मंचमा जोड्ने, आपसी सम्बन्ध मजबुत बनाउने तथा नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग परिचित गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले नेपाली पहिचान र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
यस अवसरमा डेनमार्कमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्ष २०८३ लाई सामूहिक रूपमा हर्षोल्लासका साथ मनाउन हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रममा सहभागी भई कलाकारहरूको उत्कृष्ट प्रस्तुतीको आनन्द लिनुका साथै एकआपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई स्वागत गरौं भन्ने हार्दिक अनुरोध गर्दछौं ।
अन्त्यमा, नेपाली नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपाली समुदायको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस् भन्ने कामना गर्दै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
कार्यक्रम बिवरण:
मितिः 11 अप्रिल ( शनिबार) २०२६
समयः १६:०० देखी २१:०० बजे सम्म
स्थानः Kildevæld Cultural Center
Bellmansgade 3C, 2100 Copenhagen Ø
नोटः
कार्यक्रम स्थल Paid Parking Area भित्र पर्दछ।
थप जानकारीका लागि कार्यक्रम संयोजक सन्तोष वस्नेत (ph.no.42 33 07 68) ज्यु लाई सम्पर्क गर्नुहुन साथै nrna.dk को Events मा जानुहुन अनुरोध गर्दछौं।
सम्पर्क नंम्वरः 42 33 07 68
सन्तोष वस्नेत कार्यक्रम संयोजक तथा उपाध्यक्ष
गैर आवासीय नेपाली संघ, डेनमार्क।
भवदीय
गैर आवासीय नेपाली संघ,डेनमार्क परिवार
Share this event:
Event Details
Date
April 11, 2026
Time
4:00 PM - 1:00 AM
